जसपा खारेजको मागमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जसपा खारेजको मागमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


२५ श्रावण २०७८, सोमबार


High Court_Sarbocha adalat

काठमाडौँ । तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

तत्कालीन राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै खारेजीको माग गर्दैदायर गरिएको रिटमा सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले राजपा र समाजवादी पार्टीबीचको एकता खारेज नपर्ने आदेश दिएको हो ।

सोही रिटमा गत असार ३० गते न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस