जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह


२५ श्रावण २०७८, सोमबार


टोकियो । जापानका विभिन्न ठाउँमा आँधीको खतरा रहेकाले ती ठाउँका बासिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ ।

देशको हिरोशिमा, शिमान र एहिम लगायतका क्षेत्रका तीन लाख २०० भन्दा बढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो ।

आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका छन् भने अरु उडान अनिश्चित रहेका छन् ।

अहिले आउन लागेको निकै शक्तिशाली भएकाले धेरै क्षति हुनसक्ने अनुमानसमेत गरिएको अधिकारीहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस