संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित ललितपुरबाट तीन जना पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित ललितपुरबाट तीन जना पक्राउ


२५ श्रावण २०७८, सोमबार


काठमाडौँ। आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका-५ नौविसे दामिचौरका ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका-३ भैँसेका १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोसी गाउँपालिका -५ गोगनटारका २३ वर्षीय सुमन बिक रहेका छन् ।

उनीहरुलाई ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोलबाट जीवित भैंसेगोहोरो सहित आइतबार पक्राउ गरेको ब्‍यूरोले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस