एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज


२५ श्रावण २०७८, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुल्सिलाल स्मृति भवनमा बैठक बोलाइएको हो ।

आज बिहान ११ बजे स्थायी कमिटीको बैठक र अपराह्न ३ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको बताइएको छ । आजको बैठकमा दशौँ महाधिवेशनको आवश्यक तयारीबारे छलफल गरिने बताइएको छ ।

एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच मनमुटाब हुँदा सिङ्गो पार्टी नै सङ्कटमा परेको छ । नेपाल पक्षले पनि छुट्टै स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाइरहेको छ । पार्टी एकताका लागि दुवै पक्षका नेताहरूको कार्यदल गठन भए पनि कार्यदलले बनाएको दश बुँदे सहमति पत्रमा नेपालले असहमति जनाएका छन् । दोस्रो तहका नेताहरू भने कुनै पनि हालतमा पार्टी एकता जोगाउने प्रयासमा जुटिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस