सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुग्छन् : रामचन्द्र पौडेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुग्छन् : रामचन्द्र पौडेल


२५ श्रावण २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वत्र असफल व्यक्ति बारम्बार सत्तामा पुग्नु देशकै विडम्बना भएको बताएका छन् । सोमबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले भनेका छन्,‘यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता समाल्न पुग्छन् ।’

यस्तै उनले वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही भएको बताएका छन् । पार्टी विधान चार वर्षको कार्यकाल तोकिए पनि असाधारण परिस्थितिले डेढ वर्ष थपिँदा पनि महाधिवेशन हुन नसक्नु नेतृत्वको चरम लापरबाही भएको टिप्पणी गरेका छन् ।

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।’ उनले भनेका छन्,‘आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरू के हुन्छ ?’

Tags :
प्रतिक्रिया दिनुहोस