२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पारसको ७७ नंको जर्सी अन्य खेलाडीले प्रयोग नगर्ने

अ+ अ-

काठमाडौँ । क्रिकेटमा प्रत्येक खेलाडीका लागि जर्सीको विशेष महत्व रहन्छ । जर्सीमा लेखिएको नम्बर पनि खेलाडीको पहिचान हो । विश्वका हरेक खेलाडीले जर्सीमा नं प्रयोग गरेजस्तै नेपाली क्रिकेट खेलाडीले पनि छुट्टाछुट्टै नं लेखिएको जर्सी लगाउँदै आएका छन् ।

गत मङ्गलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएका नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले ७७ नंको जर्सी प्रयोग गर्दै आउनुभएको थियो । क्रिकेटबाट सन्यास लिएको अवस्थामा उहाँले प्रयोग गर्ने गरेको उक्त नंको जर्सी अब कुनै पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले प्रयोग गर्न पाउने भने छैनन् । खड्काले प्रयोग गर्दै आएको ७७ नंको जर्सी राष्ट्रिय क्रिकेट टोलीका अन्य खेलाडीलाई प्रयोग गर्न नदिइने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आज बसेको पदाधिकारी बैठकले खड्काको सम्मानमा क्रिकेट खेल्दा उनले प्रयोग गर्दै आएको ७७ नंको जर्सी राष्ट्रिय टोलीका कुनै पनि खेलाडीलाई तत्काल प्रयोग गर्न नदिने निर्णय गरेको हो । ‘खड्काको सम्मानमा ७७ नम्बरको जर्सी तत्काल कुनै पनि खेलाडीलाई प्रयोग गर्न नदिने सहमति भएको छ,’ क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने । खड्काले नेपालको क्रिकेटमा पु¥याएको योगदानको कदर गर्दै क्यानले सो निर्णय गरेको हो ।

क्यानले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएका खड्काको सम्मानमा उक्त सहमति जनाएको हो । नेपालले ३३ वर्षीय खड्काको कप्तानीमा आसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि एकदिवसीयसम्मको सफलता प्राप्त गरेको थियो । खड्काले नै कप्तानी गरेको अवस्थामा नेपालले सन् २०१४ मा टी–२० विश्वकप क्रिकेट खेलेको थियो ।

सन् २००२ मा युनाइटेड अरब इमिरेटस् (युएई) मा सम्पन्न यू–१५ एसिया क्रिकेट कपमा खड्का पहिलोपटक नेपाली टोलीमा सहभागी भएका थिए । सन् २००४ मा उनले सिनियर टोलीमा डेब्यू गरेका थिए । उनले सन् २००४, सन् २००६ र सन् २००८ मा यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता खेलेका थिए । खड्का सन् २००९ मा विनोद दासको ठाउँमा राष्ट्रिय टोलीको कप्तान बनेका हुन् । दुई वर्षअघि उहाँले कप्तानीबाट राजीनामा दिएका थिए ।

खड्काले नेपालका लागि १० एकदिवसीय तथा ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेले । दायाँहाते ब्याटस्म्यान उनले यस क्रममा एकदिवसीयमा ३१५ रन बनाए भने टी–२० मा ७९९ रन बनाएका थिए । दुवै किसिमका प्रतियोगितामा उनी शतक प्रहार गर्न सफल भएका थिए । खड्काले बलिङसमेत गरेका थिए । उनले १० एकदिवसीय खेलमा नौ विकेट लिएका थिए भने ३३ टी–२० खेलमा आठ विकेट लिएका थिए ।

हाल खड्काको ठाउँमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्दै आएका छन् । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको भूमिका उत्तम कर्माचार्य, लेखबहादुर (एलबी) क्षेत्री, पवन अग्रवाल, राजु खड्का र परेश लोहनीले निर्वाह गरिसकेका छन् ।