भूमि आयोग खारेजको विरुद्धमा सर्वोच्चमा ४ वटा रिट दर्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भूमि आयोग खारेजको विरुद्धमा सर्वोच्चमा ४ वटा रिट दर्ता


२४ श्रावण २०७८, आइतबार


काठमाडौँ । आइतबार भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरुद्धमा सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन दर्ता भएका छन् ।

भूमि आयोगका तत्कालीन अध्यक्ष देवी ज्ञवाली सहित चार जनाले सर्वोच्चमा रिट दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता (सह–रजिस्टार) बाबुराम दाहालले जनाएका छन् ।

सर्वोच्चमा ज्ञवाली बाहेक प्रवेश केसी, रोजन खड्का र एक बहादुर लुवागुनले रिट दर्ता गराएका हुन् ।

उक्त रिटको सुनुवाइका लागी सोमबार पेशी तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस