पछिल्लो २४ घण्टामा थप २,५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि, ५५ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप २,५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि, ५५ जनाको मृत्यु


२४ श्रावण २०७८, आइतबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३९६ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस