चितवनमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चितवनमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप


२४ श्रावण २०७८, आइतबार


चितवन। चितवनमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप गरिएको छ ।

आइतबार राती सकिन लागेको निषेधाज्ञा केही कडाइसहित थप गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशअनुसार खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, खान पकाउने ग्याँसलगायतका अत्यावश्यक सामग्रीका पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने छ भने दूध डेरी बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

यस्तै अन्य पसलहरु आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने र निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोर प्रणाली अनुसार मात्रै सञ्चालन गर्न पाइने प्रशासनको आदेशमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस