प्रणाली परिवर्तन भए मात्रै देश विकास हुन्छ : अध्यक्ष थापा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रणाली परिवर्तन भए मात्रै देश विकास हुन्छ : अध्यक्ष थापा


२४ श्रावण २०७८, आइतबार


चितवन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पात्र फेरिएर नभई प्रणाली परिवर्तन भए मात्रै देशको विकास हुने बताएका छन्।

भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै थापाले २०६२/०६३ को राजनीतिक परिवर्तनपछि अवलम्बन गरिएका अवधारणाहरु गलत भएको भन्दै यसले देशमा शान्ति, स्थायित्व र समृद्धि हासिल हुन नसक्ने पछिल्ला घटनाहरुले प्रमाणित गरेको दाबी गरे।

दुई तिहाइको सरकारसमेत टिक्न नसकेर देशमा अस्थिर राजनीति सुरु भएको भन्दै अव चाँडै गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताका विषयमा पुनर्विचार गर्नुपर्ने बताए ।

साथै नेपाली नागरिक जयसिँह धामीको घटनामा सरकारले भारतसँग कुनै विरोध जनाउन नसकेकोप्रति पनि उनले सरकारको आलोचना गरे।

धामीको परिवारलाई उचित क्षतिपूर्ति सहित घटनामा संलग्न भारतीय एसएसवीलाई कडा कारबाहीको दायरामा ल्याउन दबाब आवश्यक रहेको थापाले उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस