साताको पहिलो दिन नेप्से परिसूचकमा सामान्य वृद्धि « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

साताको पहिलो दिन नेप्से परिसूचकमा सामान्य वृद्धि


२४ श्रावण २०७८, आइतबार


शेयर बजार

काठमाडौँ । साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ०.६६ अङ्कले बढेर ३ हजार १०८.१२ विन्दुमा पुगेको हो ।

गत बिहीबार नेप्से परिसूचक अधिकतम १६ अङ्कले घटेर ३ हजार १०७.४५ विन्दुमा अडिएको थियो ।

नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.७८ अङ्कले बढेर ५७८.०९ विन्दुमा पुगेको छ ।

बैङ्किङ, हाइड्रोपावर, फाइनान्स, म्युचुअल फण्ड सकारात्मक देखिएको यस दिन कारोबार रकम भने अधिकतम १४ अर्ब माथिको भएको छ ।

नेप्सेका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ६९ लाख ६९ हजार कित्ता माथिको सेयर १ लाख २६ हजार बढी पटक बजारमा किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाखको कारोबार भएको छ ।

गत हप्ताको बिहीबार १६ अङ्कले घटेको बजारमा १४ अर्ब ३१ करोड ६२ लाखको कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस