चलचित्र कलाकार सङ्घद्वारा खोप कार्यक्रम सञ्चालन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चलचित्र कलाकार सङ्घद्वारा खोप कार्यक्रम सञ्चालन


२४ श्रावण २०७८, आइतबार


काठमाडौँ। नेपाल चलचित्र कलाकार सङ्घले कलाकारका लागि कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।

सङ्घले आइतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कोभिड १९ विरुद्धको खोप लगाएकाहरुलाई कोरोना सङ्क्रमण भए पनि सामान्य रहने बताइन् ।

सङ्घले गरेको सो कार्यक्रमको प्रशंसा गर्दै उपमेयर सत्यालले कलाकारितामा काम गर्नेहरू धेरै क्षेत्रमा हिँड्नुपर्ने भएकोले यो कार्यक्रमले कलाकारलाई समेटेको बताइन् ।

कोभिड विरुद्धको खोपका लागि आफू जहाँ गएर पनि टेबलटक गर्न तयार रहेको उनले बताइन् ।

उनले कोभिड विरुद्धको खोप लगाउनको लागि ललितपुर महानगरले गर्नुपर्ने काममा आफू सदैव तत्पर रहेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस