बैङ्किङ कसुर मुद्दामा दोषी ठहर भई फरार भएका व्यक्ति पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बैङ्किङ कसुर मुद्दामा दोषी ठहर भई फरार भएका व्यक्ति पक्राउ


२४ श्रावण २०७८, आइतबार


काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँबाट बैङ्किङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भई हाल काठमाडौँको गोङ्गबुमा बस्दै आएका ४२ वर्षीय चिरायु खालिङलाई महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो ।

खालिङलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले गत फागुन १० गते ६ दिन कैद र १५ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस