चलिरहेका परीक्षा नरोकिने, बाँकी परीक्षाको लागि बोर्ड बैठक बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चलिरहेका परीक्षा नरोकिने, बाँकी परीक्षाको लागि बोर्ड बैठक बस्दै


२४ श्रावण २०७८, आइतबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चलिरहेका परीक्षाहरू नरोकिने बताएको छ । अहिले चलिरहेको स्नातक प्रथम वर्षको परीक्षा यही साउन २९ गते सकिने भएकाले परीक्षा नरोकिने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

कोरोनाको तेस्रो लहर फैलिने त्रासका कारण कक्षा १२ को परीक्षा रोकिए पनि त्रिविका परीक्षा भने नरोकिने भएका हुन् । करिब दुई वर्षअघिदेखिका स्नातक तहका परीक्षा अहिले सञ्चालन भएका छन् । विद्यार्थीहरूमा फेरि पनि परीक्षा रोकिने हो की भन्ने अन्यौलता सिर्जना भएको छ ।

स्नातक तह प्रथम वर्षको व्यवस्थापन र विज्ञान विषयको परीक्षा सम्पन्न भएको र मानविकी तथा सामाजिक संकायको परीक्षा मात्रै बाँकी रहेकोले त्यो पनि साउन मसान्तभित्र सकिँदै छ ।

बाँकी विषयको परीक्षा कहिले र कुन विधिबाट गर्ने भनेर टुङ्गो लगाउन आज दिउँसो साढे १ बजे बोर्ड बैठक बस्न लागेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस