एमाले बैठक साउन २५ गते बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले बैठक साउन २५ गते बस्दै


२३ श्रावण २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार (भोली)का लागि बोलाएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार भोलिका लागि तय भएको बैठक एक दिन पर धकेल्दै सोमवार बस्ने भएको हो ।

एमाले स्थायी कमिटी बैठक यही साउन २५ गते सोमबार विहान ११ बजे र केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ ।

पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस