शनिबार थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शनिबार थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु


२३ श्रावण २०७८, शनिबार


काठमाडौँ । शनिबार देशभर थप ३२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८६६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २३१ मा संक्रमण देखिएको र एन्टिजेन विधिबाट ४ हजार ७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस