एनआरएनए युकेका अध्यक्षमा गाहामगर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एनआरएनए युकेका अध्यक्षमा गाहामगर


२३ श्रावण २०७८, शनिबार


एनआरएनए

लन्डन । गैरआवसीय नेपाली सङ्घ बेलायतका अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन् । पहिलो पटक अनलाइन मतदानमार्फत निर्वाचन सम्पन्न भएको थियो ।

झण्डै साढे ११ हजारले गरेको मतदानबाट अध्यक्ष गाहामगरले चार हजार पाँच सय ७४ मत प्राप्त गरेका थिए । दुई उपाध्यक्षमा सुनिलबाबु खड्काले चार हजार एक सय ६९ र गोविन्द खरेलले तीन हजार ६ सय ६५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै महिला उपाध्यक्षमा सकुन्तला गुरुङ, महासचिवमा खुसी लिम्बू,सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले, कोषाध्यक्षमा विष्णु खरेल, सह–कोषाध्यक्षमा शशाङ्क शर्मा, युवा संयोजकमा तीर्थबहादुर मल्ल, महिला संयोजकमा विमला लिम्बू र सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भीम खनाल र बालकृष्ण दाहाल विजयी भएका छन् ।

त्यसैगरी क्षेत्रीय समितिमा इङल्यान्ड राज्य परिषद्का अध्यक्षमा एलबीजेड गुरुङ र स्कटल्यान्ड परिषद्का अध्यक्षमा काशिराम भण्डारी विजयी भएको निर्वाचन पर्यवेक्षक भगिरथ योगीले जानकारी दिए।

निर्वाचन समितिले गत सोमबार नेपाल पत्रकार महासङ्घ युके शाखाका अध्यक्ष ध्रुव अर्याल, निवर्तमान अध्यक्ष नरेश खपाङगीमगर र वरिष्ठ सञ्चारकर्मी योगीलाई निर्वाचन पर्यवेक्षक रुपमा जिम्मेवारी दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस