कक्षा १२ को परीक्षा स्थगित, एसईईको नतिजा आज प्रकाशित हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कक्षा १२ को परीक्षा स्थगित, एसईईको नतिजा आज प्रकाशित हुँदै


२३ श्रावण २०७८, शनिबार


परीक्षाफल

काठमाडौँ । कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षाको स्थिगित भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिक्षा स्थगित गर्न सिफारीस गरेसँगै राष्ट्रिय परीक्षा बोर्डको आज शनिबार  बसेको बैठकले परीक्षा स्थिगित गर्ने निर्णय गरेको हो ।

कोभिड- १९ संक्रमण फैलदै गएको परिस्थितिमा विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको भन्दै आउदो दिनमा निर्धारित सम्पुर्ण परिक्षा स्थगित गर्न मनत्रालयले हिजो (शुक्रबार) कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको थियो ।

त्यस्तै गरी बोर्डले आज एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गर्न लागिएको बोर्डका एक सदस्यले जानकारी दिए ।

५ लाख १७ हजार विद्यार्थी एसईईको नतिजाको पखाईमा छन् । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस