खसीको भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा चार पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

खसीको भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा चार पक्राउ


२३ श्रावण २०७८, शनिबार


काठमाडौँ। खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जना पक्राउ परेका छन् । कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज शनिवार बिहान पाँच बजे कलङ्कीको खसी बजारबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पसल सञ्चालक भारतको विहार, बहराइज घर भई कलङ्की बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका छन् ।

उनीहरूले बाख्रीको पहिचान हुने अङ्ग लुकाएर खसीको मासु भनेर बिक्री गरेको अवस्थामै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पसलबाट बिक्री गर्न राखिएका १५ वटा बाख्रीसहित तयारी अवस्थामा रहेको मासु पनि प्रहरीले बरामद गरेको छ ।

यस्तै वीरगञ्जमा पनि प्रहरीले खसीको भनी बाख्राको मासु बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–१३ मुर्लीका २८ वर्षीय रोज अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस