अनुसन्धान अधिकृत, सहायक र सूचकको परीक्षा कार्यक्रम निर्धारण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अनुसन्धान अधिकृत, सहायक र सूचकको परीक्षा कार्यक्रम निर्धारण


२३ श्रावण २०७८, शनिबार


काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचकको परीक्षा कार्यक्रम निर्धारण गरिएको छ । गत चैतमा विज्ञापन गरिएको अनुसन्धान तर्फका विभिन्न पदहरूको परीक्षा मिति सार्वजनिक गरिएको हो ।

नेपाल विशेष सेवा अन्तर्गत अनुसन्धान अधिकृतको प्रथम चरणको लिखित परीक्षा असोज ८ गते तथा द्वितीय चरणको परीक्षा क्रमशः कात्तिक ५ र ६ गते तय गरिएको छ ।

अनुसन्धान अधिकृतका लागि दुई हजार दुई सय ३५ जनाले दरखास्त दिएको छ । परीक्षा केन्द्र भने पछि प्रकाशित गरिने जनाइएको छ ।

यसैगरी अनुसन्धान सहायकको प्रथम चरणको परीक्षा असोज २ गते, द्वितीय चरणको प्रथम पत्र कात्तिक ९ र द्वितीय पत्र कात्तिक १० गते तोकिएको छ ।

यस्तै सहायक सूचकको परीक्षा प्रथम पत्र असोज ३ गते तोकिएको छ ।

कोभिड १९ सङ्क्रमण भएका परीक्षार्थीहरूका लागि विशेष परीक्षा केन्द्र रहने भएकाले परीक्षामा सहभागी हुने उम्मेदवारहरुमध्ये कसैलाई कोभिड सङ्क्रमण भएको अवस्थामा परीक्षा सुरु हुनु कम्तीमा पनि तीन घण्टा अगावै राष्ट्रिय अनुसन्धान विभागमा जानकारी गराउनुपर्ने छ ।

यस्तो छ परीक्षा कार्यक्रम :

Tags :
प्रतिक्रिया दिनुहोस