सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसीलाई सिफारिस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसीलाई सिफारिस


२२ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ ।

कोभिड- १९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको भन्दै आउदो दिनमा निर्धारित सम्पुर्ण परिक्षा स्थगित गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटमार्फत सो जानकारी दिएका हुन् । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।

कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि सुरु गर्ने तय भएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । परीक्षा अगावै अनिवार्य रूपमा पीसीआर परीक्षण गर्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र केन्द्रमा हेल्थडेस्क राख्ने लगायतको तयारी थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस