२४ घण्टामा थप ३७२९ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा थप ३७२९ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु


२२ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

शुक्रबार ३७२९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको छ ।

त्यस्तै शुक्रबार १८८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ६५ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार सोही अवधिमा कोरोना भाइरस संक्रमणका कारण २५ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मा मृत्‍यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेका छन् । जसमध्ये ३१ हजार ४२७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३२ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस