सभामुख सापकोटा र ऊर्जामन्त्री भुसालबीच छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सभामुख सापकोटा र ऊर्जामन्त्री भुसालबीच छलफल


२२ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालबीच मौसमजन्य विपत्तिले देशभर परेको प्रभाव न्यूनीकरणका लागि चाल्नुपर्ने उपायका बारेका छलफल भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा मौसमजन्य विपत्तिलाई सदनमार्फत कसरी न्यून गर्ने भन्नेबारेमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा केन्द्रित भएर कुराकानी भएको बताइएको छ । यस वर्षको मनसुन शुरु भएलगत्तै सिन्धुपाल्चोक, मनाङलगायतका जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ । उनीहरुबीच मनसुन जारी रहेकाले सिन्धुपाल्चोकलगायतका बाढी प्रभावित जिल्लामा नदी कटान नियन्त्रणका लागि चाल्नुपर्ने उपायका बारेमा सरकारी प्राथमिकताका केकस्तो हुने भन्नेमा छलफल भएको हो ।

सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने ठूलो जनसङ्ख्या यस वर्षको अप्रत्यासित बाढी पहिराका कारण विस्थापित भएको छ । सभामुख सापकोटाले संसद्को चालू अधिवेशनलाई गतिशील बनाउने सम्बन्धमा यसअघि गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरिसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस