प्रधानमन्त्री देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउदै कार्यदल « प्रशासन
Logo ११ कार्तिक २०७८, बिहिबार
   

प्रधानमन्त्री देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउदै कार्यदल


२२ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । संयुक्त सरकारका साझा कार्यक्रम तय गर्न गठित कार्यदलले प्रधानमन्त्री देउवालाई शुक्रबार प्रतिवेदन बुझाउँदै छ ।

प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरु पनि सहभागी हुने र त्यहीँ प्रतिवेदन बुझाइने कार्यदलका सदस्य सचिव केशवप्रसाद जोशीले जानकारी दिएका छन् ।

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले दुई साता लगाएर गठबन्धन सरकारले गर्नुपर्ने कामहरुको प्राथमिकीकरण गरेको कार्यदलका एक सदस्यले बताएका छन् । सरकार सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले प्राथमिकता निर्धारण गरेको कार्यदलले जनाएको छ ।

कार्यदलमा काङ्ग्रेसबाट संयोजक खड्कासहित डा मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षामान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्र यादव र राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस