चार वटा जिल्लामा ठाकुर पक्षको विस्तारित बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चार वटा जिल्लामा ठाकुर पक्षको विस्तारित बैठक बस्दै


२२ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । शुक्रबार जनता समाजवादी पार्टी ,नेपाल (जसपा) को महन्थ ठाकुर पक्षको चार वटा जिल्लामा विस्तारित बैठक आयोजना गरिएको छ।

ठाकुर पक्षको सप्तरी, सिराहा, महोत्तरी र बारा जिल्लामा आज विस्तारित बैठक आयोजना गरिएको हो ।

बैठकलाई सम्बोधन गर्न केन्द्रीय नेताहरु आज जिल्ला जाँदै छन् ।

शुक्रबार सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल र राजिव झा, सिरहामा अनिल कुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राइन, महोत्तरीमा महन्थ ठाकुर , शरतसिंह भण्डारी , निर्जला राउत, बरामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले विस्तारित बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस