अक्सिजन प्लान्ट निर्माणका लागि कुमारी बैङ्कको सहयोग « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

अक्सिजन प्लान्ट निर्माणका लागि कुमारी बैङ्कको सहयोग


२२ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले उदयपुरको बेलका नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । बेलका शाखाले नगरप्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरीलाई चेक हस्तान्तरण गरेको हो ।

विगत ३ वर्षदेखि सेवा सञ्चालन गर्दै आएको बैङ्कले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तर्गत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको बैङ्कले जनाएको छ ।

बेलका नगरप्रमुख थापाले कुमारी बैङ्क बेलका शाखालाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए ।

बैङ्कले देशभर १ सय ९४ शाखा, १ सय ६५ एटिएम, १३ एक्सटेन्सन काउन्टर तथा २८ शाखारहित इकाइ मार्फत सेवा दिइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस