मनसुनी वायुको प्रभाव कायम रहने, आइतबारसम्म मेघ गर्जनसहित भारी वर्षाको सम्भावना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मनसुनी वायुको प्रभाव कायम रहने, आइतबारसम्म मेघ गर्जनसहित भारी वर्षाको सम्भावना


२२ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहँदा देशभर सामान्य देखि पूर्ण बदली भइरहेको छ ।

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।

शनिबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस