गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् दिइनेछ : ऊर्जामन्त्री भुसाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् दिइनेछ : ऊर्जामन्त्री भुसाल


२१ श्रावण २०७८, बिहिबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने बताएकी छिन् ।

बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताएकी हुन् ।

विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् ।‘ गरीबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कहिँ राहत दिनुपर्छ भनेर निस्शुल्क विद्युत दिने गरेर एउटा तयारी गरिरहेकी छु । करीब करीब हामी त्यसको निकर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ, उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यका साथ त्यसको तयारी गरेकी छु मैले ।’

ऊर्जामन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिंचाइ पुर्‍याउनका निम्ति पनि आफू क्रियाशील रहने बताए । सिंचाइ निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनको भनाइ थियो । सिंचाइको सुविधा पुर्‍याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको उनले उल्लेख गरिन् ।

सातै प्रदेशका नदीबाट विद्युत् उत्पादनका लागि अध्ययन गरिरहेको पनि मन्त्री भुसालले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस