नेपाल एयरलाइन्सको निजीकरण रोक्न नेवानिका कर्मचारीको माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल एयरलाइन्सको निजीकरण रोक्न नेवानिका कर्मचारीको माग


२१ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेपाल वायुसेवा निगमका कर्मचारीहरूले नेपाल एयरलाइन्सको निजीकरण रोक्न माग गरेका छन् ।

बुधवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी नेपाल वायुसेवा निगममा कार्यरत विभिन्न नौ वटा ट्रेड युनियनका नेताहरूले निगमलाई निजीकरण गर्ने निर्णय खारेज गर्न माग गरेका हुन् ।

३३ दिनदेखि आन्दोलनरत कर्मचारीहरूले आज प्रधानमन्त्रीलाई भेटेका हुन् । कर्मचारी नेताहरूले महाप्रबन्धक डीम प्रसाद पौडेललाई तत्काल बर्खास्त गर्न समेत माग गरेका छन् ।

महाप्रबन्धकको तलब वृद्धि रोक्न र निगमको सञ्चालन समितिमा निगममा व्यावसायिक स्वार्थ बाझिने संस्थासँग आबद्ध व्यक्तिको नियुक्तिसमेत खारेज हुनुपर्ने कर्मचारी सङ्गठनको माग छ ।

यो विषय अदालतमा विचाराधीन छ । सरकारले पूर्णता पाउन नसक्दा पर्यटन मन्त्रालयले नयाँ नेतृत्व पाउन सकेको छैन । व्यवस्थापनले भने अहिलेकै संरचना र कर्मचारीको प्रवृत्तिले नेपाल एयरलाइन्स अगाडि बढ्न नसक्ने भन्दै कम्पनी मोडलमा जानु परेको बताएकाे छ ।

Tags :
प्रतिक्रिया दिनुहोस