२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पाका डाँडामा टावर हुँदा पनि फोन गर्न रुख चढ्नुपर्ने

अ+ अ-

रोल्पा । निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फोन गरेर हैरान उनीहरुलाई सो नाराले आकर्षित मात्र गरेन, भोट हालेर जनप्रतिनिधिलाई जिताए पनि । केही वर्ष प्रक्रियामा अलमलिएका जनप्रतिनिधिले बस्ती बस्तीमा भरपर्दो टेलिफोन सेवाका लागि मन्त्रालय धाइरहेका कारण जिल्लाका अधिकांश डाँडामा टेलिफोनका अग्ला–अग्ला टावर ठड्याउन सम्भव भयो।

टावर ठडिएको पनि तीन वर्ष भइसक्दा पनि टेलिफोन सेवा भने भरपर्दो नहुँदा प्रयोगकर्ताहरूले सास्ती भोग्दै आएका छन् । आकाश खुलेको समयमा सेवा सहज भए पनि वर्षात्को समयमा कुहिराले डाँडाकाँडा ढाक्दा नेटवर्कले कामै नगर्ने उनीहरुको गुनासो छ । जब बादल, कुहिरो र पानी पर्न थाल्छ नेटवर्कले काम गर्न छाड्छ परिवर्तन गाउँपालिका–६ इरिवाङका मनोज बुढामगरले भने ।

टेलिफोन सेवा सञ्चालन भएसँगै हाँक हाल्ने, कट्वाल पठाउने तथा चिठ्ठी पत्र आदानप्रदान गर्ने परम्परागत सञ्चार प्रणाली विस्थापन गरेका स्थानीयवासीलाई लामो समय टेलिफोनमा आउने खराबीले खबर आदानप्रदानमा समस्या हुने गरेको छ । ‘कहिलेकाहीँ त काम पर्दा, बिरामी हुँदा र मर्दापर्दाको खबर गर्न पनि समस्या हुने गर्दछ’, सोही गाउँका सूर्यप्रकाश बुढाले भने । ‘अति जरुरी काम परेका बेलामा तत्काल खबर गर्न खोज्यो नेटवर्क हुँदैन, उनले जोड दिए’, ‘यो समस्या कहिलेसम्म भोग्नुपर्ने हो थाहा छैन’ ।

जिल्लाको पश्चिमोत्तर भेगस्थित परिवर्तन, गङ्गादेव र माडी गाउँपालिका यो समस्या बढी मात्रामा छ । स्थानीय तहको निर्वाचनयता माडी गाउँपालिकाको वडा नं ५ भावाङ, वडा नं ३ तालाबाङ, परिवर्तन गाउँपालिका–२ राङ्सी, वडा नं ५ राङ्कोट र थवाङ गाउँपालिका–२ स्थित थवाङमा टावर बने पनि भरपर्दो छैन ।

गङ्गादेव गाउँपालिकाको वडा नं ७ स्थित राँकको रातामाटामा रहेको टावर पश्चिम नेपालको सबैभन्दा ठुलो क्षमताको टावर मानिन्छ । नेपाल टेलिकमको सो टावरसँग अन्य टावर जोडिएकाले त्यहाँ समस्या आउने बित्तिकै अन्यत्रका टावरले काम गर्न छोड्छन् ।

‘रातामाताको टावरमा समस्या देखापर्ने बित्तिकै पश्चिमोत्तर क्षेत्रका अधिकांश टावरले काम नगर्ने समस्या छ’, परिवर्तन–२ वडाध्यक्ष हरिप्रसाद घर्तीले भने । घण्टौँ डाँडाकाँडा चढेर फोन गर्ने पुरानो समस्या दोहोरिएको स्थानीय प्रकाश पुनमगरको गुनासो थियो । ‘चुनावी प्रतिबद्धताअनुसार टावर त स्थापना भए तर नेटवर्क आउन सकेन’, उनले भने ‘घर नजिकको अग्लो रुख चढेर फोन गर्दा पनि नेटवर्कले काम नगरेर घण्टौँको डाँडामा पुगेर फोन गर्न जान्छौँ’।

मुख्य समस्या विद्युत् आपूर्तिमा रहेको नेपाल टेलिकमका स्थानीय कर्मचारी तारादल वलीले जानकारी दिए । ‘टावर सौर्य ऊर्जाबाट सञ्चालन गरिएकाले वर्षात, कुहिरो र बादल लागेको समयमा ब्याट्रीमा विद्युत् सञ्चालन नहुँदा समस्या हुने गरेको र जीर्ण अवस्थामा रहेका ब्याट्रीले एनटिसी र स्काइको टावर चलाउनुपर्ने बाध्यता रहेकाले पनि विद्युत्को क्षमता बढाउन हम्मे हम्मे परेको’ उनको भनाइ थियो । टावर पूर्ण रूपमा सञ्चालन गर्न १५ किलोवाट विद्युत् चाहिने जनाइएको छ । विद्युत् व्यवस्थापनका लागि स्थानीय सरकारसँग पटक–पटक पहल गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो थियो।