शनिवार नर्भिकमा यूरोसर्जनको फ्री ओपिडी हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शनिवार नर्भिकमा यूरोसर्जनको फ्री ओपिडी हुने


२१ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत आउने शनिवार वरिष्ठ यूरो सर्जनद्वय डा. भरतबहादुर भण्डारी र डा. सुनिल श्रेष्ठले सेवा दिने भएका छन् ।

प्रोस्टेट ठूलो भएका, मृगौला, मूत्रथैली तथा मूत्रनलीमा पत्थरीको समस्या भएका, तथा मूत्ररोग सम्बन्धी समस्या भएकाले डा. भण्डारी र श्रेष्ठले फ्री ओपिडी अभियानमा सहभागी भएर लाभ लिनसक्ने अस्पतालले जनाएको छ ।

नर्भिकले गत सातादेखि प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । आउने शनिवार डा.द्वयले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन् ।

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

प्रत्येक शनिवारको निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ ।

यसअघिको शनिवार वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु पाण्डेले निःशुल्क ओपिडी सेवा दिएका थिए । उनीहरूको निःशुल्क ओपिडी सेवामा बिरामीहरूको थामिनसक्नु भीड लागेको थियो ।

नर्भिक अस्पतालका सीइओ अजयकुमार मिश्रले प्रत्येक शनिवार अलग अलग विशेषज्ञहरूलाई फ्री ओपिडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपुर फाइदा लिन आह्वान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस