पछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना सङ्क्रमण , ३५ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना सङ्क्रमण , ३५ जनाको मृत्यु


२० श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीक्षण गर्दा ११३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस सँगै नेपालमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ४६४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ भने १५३५ जना सङ्क्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस