क्रिकेटबाट टाढिएको छैन र टाढिने पनि छैन : पारस खड्का « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

क्रिकेटबाट टाढिएको छैन र टाढिने पनि छैन : पारस खड्का


२० श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले संन्यास लिएर आफू क्रिकेटबाट टाढा नभएको स्पष्ट पारेका छन् । उनले आज (बुधबार) पत्रकार सम्मेलन गर्दै पारसले  भने, ‘क्रिकेटबाट टाढिएको छैन र टाढिने पनि छैन । मेरो भूमिकामात्रै फरक भएको हो ।

उनले हिजो (मंगलबार) अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । उनले आफूले उपयुक्त समयमा संन्यास लिएको बताउँदै अगाडि भने, ‘संन्यासको विषयमा मैले धेरैचोटी सोचेर नै निर्णय लिएको हो । यो निर्णय मैले कसैसँग सोधेर लिएको हैन । मेरो आफ्नै निर्णय हो ।

यस्तै खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताए । उनले भने, ‘म क्रिकेट संघमा जान्छु । तर संघको भूमिकामा रहने भविष्यले बताउँछ । आजबाट मेरो करिअर र चुनौती सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस