विद्युत् सर्ट हुँदा घर जलेर लाखौँको क्षति « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विद्युत् सर्ट हुँदा घर जलेर लाखौँको क्षति


२० श्रावण २०७८, बुधबार


आगलागी

मान्म । कालिकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मङ्गलबार अपराह्न ४ः०० बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो ।

विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमराज सिम्खाडाले जानकारी दिए । ‘घरमा बालबालिका खेलिरहेको बेला आगलागी भएको हो’, उनले भने, ‘खरले छाएको घर जलेर पुरै नष्ट भएको छ ।’

आगलागीबाट मानवीय क्षति नभए पनि लाखौँ रुपैयाँ बराबरको धनमालको क्षति भएको वडाध्यक्ष दयाराम सिम्खाडाले बताए । उनले भने, ‘घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुडा, गहनासहित केही नगद रुपैयाँ जलेर नष्ट भएका छन् ।’ घर जलेर नष्ट भएपछि सहदेवको छ जनाको परिवार त्रिपालमा बस्दै आएको वडाध्यक्षले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस