अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण


२० श्रावण २०७८, बुधबार


काठमाडौँ । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार हतियारधारी समूहले कार बम र गोलीमार्फत आक्रमण गर्दा चार जनाको मृत्यु भएको हो ।

आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह घरमा नरहेको बताइएको छ । बिस्मिल्लाहको परिवारका सदस्यहरूलाई भने सुरक्षित रूपमा घरबाहिर निकालिएको बताइएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार घटनामा चार जनाको मृत्यु भएको र ११ जना घाइते भएका छन् ।

अफगानिस्तानमा तालिबान र सरकारी पक्षबीच भिडन्त भइरहेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले द्वन्दको अन्त्य गर्न अपिल गरेको थियो । त्यस लगत्तै यस्तो आक्रमण भएको हो ।

समाचार संस्था रोयटर्सले मङ्गलवार राति काबुल सहरमा रहेका धेरै सरकारी कार्यालय र विदेशी कूटनीतिज्ञहरूको आवास रहेको स्थान नजिक विस्फोट भएको उल्लेख गरेको छ । आक्रमणको जिम्मा कसैले पनि लिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस