गण्डकी प्रदेशको प्रदेश विकास समस्या समाधान समितिको बैठक सम्पन्न « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गण्डकी प्रदेशको प्रदेश विकास समस्या समाधान समितिको बैठक सम्पन्न


१९ श्रावण २०७८, मंगलबार


पोखरा । गण्डकी प्रदेशको प्रदेश विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशले सबै प्रदेशहरू मध्येमा ८७ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएकोमा सबैलाई धन्यवाद दिँदै यो गतिलाई आगामी दिनमा कायम राख्न अनुरोध गरे ।

प्रमुख सचिव डा। दामोदर रेग्मीले खर्चको प्रगति सफलताको एउटा सूचक भएको तर हाम्रो विकास खर्चले आवधिक योजना राष्ट्रिय लक्ष दिगो विकास लक्ष्यमा कसरी योगदान पुगेको छ भन्ने अन्तरसम्बन्ध कायम गर्न सक्नु पर्ने कुरामा जोड दिए ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष रघुनाथ काफ्लेले प्रदेशका सूचकहरू सकारात्मक रहे पनि यसको दिगोपना चुनौतीको रूपमा रहेको बताए ।

यसैगरी पालिका महासङ्घहरूको तर्फबाट पालुंगटार गाउँपालिकाका अध्यक्षले स्थानीय तहको माग र आवश्यकतालाई सम्बोधन गर्नु पर्ने कुरामा जोड दिए ।

बैठकमा प्रदेशका सबै मन्त्रीहरू प्रमुख सचिव र सबै सचिवहरू प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरू गाउँ पालिका नगरपालिका महासङ्घका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सबै प्रदेशले पहिचान गरेका समास्यहरु बारेमा योजना आयोगले साउन मसान्तमा काठमाण्डौमा छलफल गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस