बैंकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बैंकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश


१९ श्रावण २०७८, मंगलबार


high court

काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्था स्वेच्छाले आवद्ध भएकामा बाहेक सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन अन्तरिम आदेश जारी गरेको छ ।

बैंकका कर्मचारीले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने सम्बन्धमा भएका सबै कामकारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले यो रिटलाई ४५ दिनभित्र सुनुवाइका लागि पेश गर्न पनि आदेश दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस