प्रतिनिधिसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रतिनिधिसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आव २०७६र०७७’ पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद अकबरबहादुर सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकले सिंहको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो । सिंहको ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो । तत्कालीन राष्ट्रिय प्रजातन्त्रपार्टीबाट विसं २०४८ को प्रतिनिधिसभामा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नं २ बाट निर्वाचित थिए । लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका सिंह पछिल्लो समय नेपाली कांग्रेस पार्टीसँग आबद्ध थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस