विधुत प्राधिकरणमा कुलमानलाई ल्याउने वातावरण मिलाउन प्रधानमन्त्री देउवाको निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विधुत प्राधिकरणमा कुलमानलाई ल्याउने वातावरण मिलाउन प्रधानमन्त्री देउवाको निर्देशन


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल विधुत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन बातावरण बनाउन निर्देशन दिएका छन् । 
मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाललाई बोलाएर घिसिङलाई कार्यकारी निर्देशक नियुक्तिको तयारी गर्न भनेका हुन् । 

उर्जा मन्त्रालय स्रोतका अनुशार मंगलबार ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेकी थिइन् । त्यसपछि देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्तिको प्रक्रिया थाल्न निर्देशन दिएका थिए ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा चार वर्ष काम गरेर घिसिङ २०७७ साल भदौमा सेवानिवृत्त भएका थिए ।

लोडसेडिङ घटाउन महत्त्वपूर्ण योगदान पुर्याउदै आएका घिसिङको पुन नियुक्ति गर्न खोजेर देउवाले जनभावनाको सम्मान गर्न खोजेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस