स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी विच्छा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्रोतका अनुसार उनलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो ।

यसअघि उनी कान्ति बाल अस्पतालको निर्देशकको रुपमा काम गरिरहेका थिए । उनको पदावदी सकिन केही महिना मात्रै बाँकी छ ।

यससँगै विभागको महानिर्देशक डा. दीपेन्द्र रमण सिंह मन्त्रालयमा तानिएका छन् । कार्यक्षमता कमजोर भएका सिंहले विभाग हाँक्न नसकेपछि उनलाई मन्त्रालय तानेर बिच्छालाई जिम्मेवारी दिइएको हो । विभागीय जिम्मेवारी राम्ररी सम्हाल्न नसकेकै कारण यसअघि कैयूं पटक सचिवबाट हप्काई खाँदै आएका सिंहबारे विभागकै कर्मचारीलेसमेत गुनासो गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस