कारबाहीमा ४१ तालिबान लडाकु मारिए « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कारबाहीमा ४१ तालिबान लडाकु मारिए


१९ श्रावण २०७८, मंगलबार


काबुल । अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात सहरमा सुरक्षा बल र तालिबान लडाकुबिच भएको दोहोरो भिडन्तमा परी ४१ जना तालिबानी लडाकु मारिएका छन् । त्यसै गरी सो भिडन्तको क्रममा अन्य ३२ जना लडाकु घाइते भएका गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

सुरक्षा बल र तालिबान लडाकुबिच छ दिनसम्म जारी रहेको झडपपछि सुरक्षा बलले हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात सहरको छिमेकमा रहेका कैयौँ सहर पुनः कब्जामा लिएका छन् ।

सुरक्षा बलले तालिबान लडाकुबाट दुई वटा पुल पुनः नियन्त्रण लिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

गत बिहीबारबाट तालिबान लडाकुले हेरात सहरको दक्षिणी र पूर्वी भागबाट आक्रमण सुरु गरेर पुरै सहर कब्जा गर्न खोजिरहेका थिए ।

अफगानिस्तानमा गत मे महिनादेखि तालिबान लडाकुले सरकार विरोधी लडाईलाई तीव्र बनाएको छ र तालिबान लडाकुले हालसालै प्रमुख सहर नियन्त्रणको लागि दबाब बढाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस