स्नातकोत्तर अध्ययनका लागि श्रृङ्खला अमेरिका प्रस्थान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

स्नातकोत्तर अध्ययनका लागि श्रृङ्खला अमेरिका प्रस्थान


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनका लागि सोमबार (हिजो) अमेरिकी प्रस्थान गरेकी छिन् ।

उनलाई त्रिभुवन विमानस्थलमा उनका प्रेमी सिसन बाँनिया र परिवारका केही सदस्य बिदाई गर्न गएका थिए । बिदाईका क्रममा सिसन र श्रृङ्खला केही समय भावुक समेत देखिएका थिए ।

श्रृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ हानिएकी हुन् । केही समय अगाडि उनले आफू हावर्ड विश्वविद्यालयमा अध्ययनका लागि जान लागेको जानकारी गराएकी थिइन् । श्रृङ्खलाले आर्किटेक्चरमा स्नातक गरिसकेकी छन् ।

मिस नेपाल भएपछि श्रृङ्खला चर्चामा छिन् । विशेषगरी, उनको सुन्दरता र बौद्धिकताको प्रशंसक विश्वभरका नेपाली छन् ।

श्रृंखला न्यूयोर्कमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका ब्यूटी पेजेन्टमा जजका रुपमा सहभागि हुनेछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस