चट्याङ लागेर बालकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चट्याङ लागेर बालकको मृत्यु


१९ श्रावण २०७८, मंगलबार


बालक

बैतडी । चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

सोमबार साँझ करिब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेका बालकको घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै पानी भर्न गएका एक अर्का बालिका भने सकुशल रहेका छन् । घटनास्थलमै रहेको शवको परीक्षण आज गरिने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस