ग्लोबल आइएमई बैङ्क र तानसेन नगरपालिकाबीच सम्झौता « प्रशासन
Logo ११ कार्तिक २०७८, बिहिबार
   

ग्लोबल आइएमई बैङ्क र तानसेन नगरपालिकाबीच सम्झौता


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र तानसेन नगरपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैङ्क लिमिटेड तथा तानसेन नगरपालिकाको अगुवाइमा हेफर इन्टरनेशनल नेपाल एवम् ग्रामीण आर्थिक विकास सङ्घसँगको समन्वयमा कृषि अनुदान कर्जा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

बैंककोतर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उप–प्रमुख जोगलाल भुसाल र तानसेन शाखाका शाखा प्रबन्धक वीर बहादुर सारू तथा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैङ्कले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरूमा बाख्रा पालन, डेरी, तरकारी खेती, कुखुरा पालन, बङ्गुर पालन, माछा पालन तथा विभिन्न फलफूलहरूको उत्पादन गर्ने कृषकहरूलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । उद्यमशील कृषकहरूलाई तानसेन नगरपालिकाको समन्वयमा ग्रामीण आर्थिक विकास सङ्घको सहजीकरणमा हेफर इन्टरनेशनल नेपालले तालिम तथा प्राविधिक सहयोग प्रदान गर्नेछ ।

मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैङ्कले बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैङ्क’भन्ने नाराका साथ बैङ्कले २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस