प्रचण्ड–नेपाल भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड–नेपाल भेटवार्ता


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

मङ्गलवार बिहान नेपाल निवास नजिकैको एक घरमा प्रचण्ड-नेपाल भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।

भेटमा समसामयिक राजनीतिक विषय तथा सरकारमा सहभागी हुने नहुनेबारे छलफल भएको जनाइएको छ ।

आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल पनि भेट्ने तयारी भइरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस