अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पारसको घोषणा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पारसको घोषणा


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले मङ्गलवार सामाजिक सञ्जालमार्फत भनेका छन्,‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु, नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।’

उनले सन् २००२ देखि नेपाली राष्ट्रिय टिमबाट खेलेका हुन् । उनले दुई दशकसम्म समर्थक, परिवार, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाले माया, हौसला र प्रशंसा गरेको भन्दै त्यसप्रति आफू ऋणी भएको बताएका छन्।

‘२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु, मैदानभित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन्’ उनले भनेका छन् ।

Image

Tags :
प्रतिक्रिया दिनुहोस