१८ जना जिल्ला न्यायाधीश माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१८ जना जिल्ला न्यायाधीश माग


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । न्याय सेवा आयोगले १८ जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको छ । आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न १८ जनाको लागि दरखास्त माग गरिएको हो ।

नेपालको संविधानको धारा १४९ को उपधारा २ को खण्ड ‘ख’ र ‘ग’ बमोजिम खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिनेछ । जिल्ला न्यायाधीशका लागि आवश्यक न्यूनतम योग्यता संविधानमा तोकिएबमोजिम हुनेछ ।

योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिन भित्र दरखास्त दिनुपर्ने छ । दरखास्त दस्तुर रामशाहपथस्थित न्याय परिषद् सचिवालयको कार्यालयमा बुझाउनुपर्ने छ ।

लिखित परीक्षा कार्यक्रम असोज १२ देखि १७ गतेसम्म तोकिएको छ ।

विज्ञापन :

Tags :
प्रतिक्रिया दिनुहोस