पूर्व माओवादी केन्द्रका चार नेताको रिट निवेदनमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्व माओवादी केन्द्रका चार नेताको रिट निवेदनमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


१८ श्रावण २०७८, सोमबार


high court

काठमाडौं । सर्वोच्च अदालतले पुर्वमाओवादी केन्द्रका चार जना नेताहरुको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले माओवादी केन्द्रबाट निष्कासनमा परेका एमाले नेताको सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । स्पष्टीकरणको मौका दिई सांसद पदबाट हटाएको देखिएको भन्दै सर्वोच्चले अन्तिम सुनुवाइका बेला बाँकी विवाद निरुपण हुने भनी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस