लुम्बिनीकी प्रदेश सांसद वली फेरि एमालेमै फर्किइन् « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लुम्बिनीकी प्रदेश सांसद वली फेरि एमालेमै फर्किइन्


१८ श्रावण २०७८, सोमबार


बुटवल। लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वली फेरि नेकपा एमालेमै फर्किएकी छिन् ।

आज (सोमबार) एक विज्ञप्ति प्रकाशित गर्दै उनले आफूले सूर्य चिन्ह्बाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छिन् । तत्कालीन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

वलीले आफूले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा कानूनी रुपमा ठीक नभएको भन्दै एमालेमै रहेको बताएकी हुन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर–३ ‘ख’ बाट निर्वाचित उत्तरकुमार वलीको मृत्यु भएपछि उनकी पत्नी विमला उपनिर्वाचनमा विजयी भएकी थिइन् । उनी नेकपा एमालेमा फर्किएपछि ८० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सांसद संख्या ३९ पुगेको छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १९ जना (सभामुख समेत), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस