पछिल्लो २४ घण्टामा थप ३,१२५ जना सङ्क्रमित, २३ जनाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पछिल्लो २४ घण्टामा थप ३,१२५ जना सङ्क्रमित, २३ जनाको मृत्यु


१८ श्रावण २०७८, सोमबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६१३ नमुना पिसिआर परीक्षण गर्दा २ हजार २७९ मा सङ्क्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार १९८ गर्दा ८४६ मा सङ्क्रमण देखिएको छ ।

कुल १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३ हजार १२५ जना सङ्क्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना सङ्क्रमण मुक्त भएका छन् ।

नेपालमा गत २४ घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ८९८ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस